सीमा सुरक्षालाई मजबुत बनाएका छौंः महानिरीक्षक खनाल « Khabarhub

सीमा सुरक्षालाई मजबुत बनाएका छौंः महानिरीक्षक खनाल


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शान्ति सुरक्षा, सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताएका छन् ।

कबहीगोठ गाँउपालिका–२ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको नवनिर्मित भवनको उद्घाटन गर्दै चोरी पैठारी नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

महानिरीक्षक खनालले सीमा रक्षाका लागि सक्रिय भई निगरानी बढाउनसशस्त्र प्रहरीका जवानहरुर्ला निर्देशन दिए ।

रु ९९ लाख ९९ हजारको लागतमा दुई वटा आधुनिक भवन, ब्यारेक, कार्यालय, कार्यालय प्रमुखको निवास निर्माण भएको छ ।

नाती कन्स्ट्रक्सन ललितपुरले सो भवन निर्माणका लागि ठेक्का पाएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरी बल गण नम्बर १२ का गणपति दिगविजय सुवेदी, गाँउपालिकाका अध्यक्ष महेन्द्र यादवलगायतले सशस्त्र प्रहरील बलले गरेको कामको चर्चा गरेका थिए ।

यसैबीच, सिम्रौनगढ नगरपालिकास्थित रहेको वीरेन्द्र चोकमा बीओपी पिपरपातीको नवनिर्मित भवनको प्रदेश २ सशस्त्रका बाहिनीपति राजु अर्यालले उद्घाटन गरेका थिए ।

सो भनवको ठेक्का पनि नाती कन्स्ट्रक्सन ललितपुरको रहेको छ । सो भवनको लागत पनि रु ९९ लाख ९९ हजार ९०६ रहेको सशस्त्र प्रहरी निरीक्षक सुर्दशन अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ०२ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक