‘अनुभवका अनुभूतिहरु’ लोकार्पण « Khabarhub

‘अनुभवका अनुभूतिहरु’ लोकार्पण


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्राध्यापक तथा पत्रकार डा दुर्गा दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरु’को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले प्रकाशनमा ल्याएको कृतिको वरिष्ठ कवि तुल्सी दिवसले लोकार्पण गरे ।

उनले विदेशमा रहेर पनि लेखकले साहित्यिक कृतिको माध्यमबाट देशलाई योगदान पुर्‍याएको भन्दै बाहिर बसेपछि देशलाई बुझ्न सजिलो हुने धारणा राखे । दिवसले लेखकले सूक्ष्म ढङ्गले मानवीय संवेदनालाई कृतिमा समेट्न सफल रहेको भन्दै प्रकृति, संस्कृति र विभिन्न कुरीतिसँग जोडिएका पक्षलाई कवितामा उतारेको बताए ।

कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक डा लक्ष्मण गौतमले कविले यस कृतिमा सकारात्मक सोचको भावनालाई प्रतिविम्बित गरेको बताए ।

अर्का टिप्पणीकार गीता कार्कीले लेखकले प्रेरणा र मानवीयताको महत्वलाई उच्चतम ढङ्गले स्थान दिएको बताए ।

समाजका अध्यक्ष राधेश्याम लेकालीले राजनीतिमा सुधार ल्याउन श्रष्टाहरु सत्तासम्म पुग्नुपर्ने धारणा राखे । सोही अवसरमा दाहालको शब्द रहेको गीति एल्बम ‘माया’ पनि सार्वजनिक गरियो । गीतमा आनन्द कार्कीको स्वर र सरोज प्याकुरेलको सङ्गीत रहेको छ ।

‘करेसा कन्सर्ट’को नियमित मञ्चन

बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन शुरु भएको छ । राराहिल मेमोरियल स्कुल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मलमा नियमित मञ्चन शुरु भएको हो ।

रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकाता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो भने यही माघ २३ गते राष्ट्रिय बालनाटक महोत्सव नेपालमा पनि मञ्चन भएको थियो ।

तीन देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेका छन् । नाटकमा नसना महर्जन, सविना सेन, ओसिन राई, लकस महर्जन, सुधा खनाल, आशियाना रायमाझी, कविना रोक्का, विजया पाण्डे, सुजाता भट्ट र मञ्जु महर्जनले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : १४ बजे

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,