विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्छः अध्यक्ष यादव « Khabarhub

विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्छः अध्यक्ष यादव


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउँदै अध्यक्ष यादवले सरकार संविधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताए ।

स्थानीय तहका जनप्रतिनिधिहरूले विकासभन्दा उपभोक्ता समिति बनाउनेतर्फ सक्रिय भएकाले उपभोक्ताभन्दा विकासप्रति सबैले समर्पित हनु आवश्यक रहेको उनले बताए ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि तत्काल ६५ बिघा जग्गा पर्याप्त रहेकोले उक्त जग्गा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएपछि काम अगाडि बढने दाबीसमेत उनले गरे ।

भारत सरकारको सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउँदै अध्यक्ष यादवले राजविराजको छात्रावासलाई व्यवस्थित गर्न नरसिंह कलेज निर्माण गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने