कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता « Khabarhub

कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि उच्च सुरक्षा सतर्कताको तयारी तीव्र पारिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको सरोकारवालासँगको बैठकले कोरोनाको सङ्क्रमण सुदूरपश्चिममा पनि देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम, पहिचान उपचार र व्यवस्थापनमा सतर्कता अपनाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झङ्करबहादुर विष्टले जानकारी दिए ।

बैठकले कोरोनाको रोकथामका लागि जनचेतना बढाउने, सीमानाकामा हेल्थ डेस्कको सङ्ख्या बढाउने, शंकास्पद बिरामीका लागि अस्पतालमा छुट्टै आइसोलेसन वार्डको व्यवस्थापन गर्ने र कोरोना शङ्कास्पद बिरामीलाई ओसारपसार गर्न सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

त्यसैगरी मास्क, पञ्जा र औषधिजन्य सामग्री सार्वजनिक खरिद ऐनको विशेष व्यवस्थाअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरी आपूर्ति गर्ने, दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमन गर्नेलगायत निर्णय गरेको विष्टले बताए ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, विभिन्न मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशकलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको