म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जीत « Khabarhub

म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जीत


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेस्टर डर्बीमा युनाइटेड विजयी भएको छ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको हो ।

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

सिटीका सर्जियो अग्युरोले एक गोल गरेका थिए । तर, उनको गोल भीएआरले अफसाइड देखाएको थियो । जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण