एभर्टनको पोस्टमा चेल्सीको ४ गोल | Khabarhub Khabarhub

एभर्टनको पोस्टमा चेल्सीको ४ गोल


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जीत हात पारेको छ । चेल्सीले एभर्टनको पोस्टमा ४ गोल हानेको थियो । एभर्टनले भने चेल्सीविरुद्ध गोल गर्न सकेन ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको शानदार जीतमा मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जेरुडले एक एक गोल गरे ।

घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४ औं मिनेटमा माउन्टको गोलबाट अग्रता बनाएको थियो । २१ औं मिनेटमा पेड्रोले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ५१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५४ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।

एभर्टनविरुद्धको खेलमा चेल्सीका १८ वर्षे मिडफिल्डर टिनो अन्जोरिनले प्रिमियर लिगमा डेब्यु गरे । खेलको ७१ औं मिनेटमा उनी विलियनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै चेल्सीले २९ खेलबाट ४८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’