आज देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान « Khabarhub

आज देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

फागुन २६गते (सोमबार)

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

फागुन २७गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ ।

फागुन २८गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावाना छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : २६ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

बागमती– नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय