आज देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान | Khabarhub Khabarhub

आज देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

फागुन २६गते (सोमबार)

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

फागुन २७गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ ।

फागुन २८गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावाना छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : २६ बजे

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको