नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक « Khabarhub

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– कोरोना भाइरसको त्रास र संक्रमण फैलदै गएपछि यसको नियन्त्रण र रोकथामका लागि भन्दै १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

अस्थायी रुपमा प्रवेशमा रोक लगाइएको मुलुकमा नेपाल पनि रहेको छ । कतार वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य हो । कतारमा चार लाख भन्दा धेरै नेपाली रहेका छन् ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको हो ।

कतारमा सोमबार सम्ममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइमा राखेको जनाएको छ । तर ती नागरिक कुन देशका हुन् भन्ने उसले जानकारी दिएको छैन ।

सोमबार विहान सम्ममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ ।

विश्वस्वास्थ्य संगठन डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुक र भूभागमा कोरोनाभाइरस देखिँदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल