नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक « Khabarhub

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– कोरोना भाइरसको त्रास र संक्रमण फैलदै गएपछि यसको नियन्त्रण र रोकथामका लागि भन्दै १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

अस्थायी रुपमा प्रवेशमा रोक लगाइएको मुलुकमा नेपाल पनि रहेको छ । कतार वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य हो । कतारमा चार लाख भन्दा धेरै नेपाली रहेका छन् ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको हो ।

कतारमा सोमबार सम्ममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइमा राखेको जनाएको छ । तर ती नागरिक कुन देशका हुन् भन्ने उसले जानकारी दिएको छैन ।

सोमबार विहान सम्ममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ ।

विश्वस्वास्थ्य संगठन डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुक र भूभागमा कोरोनाभाइरस देखिँदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ३९ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र