वेवारिसे अवस्थामा ३ किलो चाँदीका गहना फेला « Khabarhub

वेवारिसे अवस्थामा ३ किलो चाँदीका गहना फेला


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले वेवारिस अवस्थामा ३ किलो चाँदीका गहना फेला पारेको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५८६८ नम्बरको बस चेकजाँच गर्ने क्रममा झोलामा राखिएको अवस्थामा चाँदीका गहना फेला परेका सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलको नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको टोलीले बस चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा चाँदीका गहना फेला पारेको थियो ।

बसमा फेला परेका चाँदीका गहनाहरु भन्सार छलि गरेर अवैध रुपमा भारतबाट भित्र्याइएको हुन सक्ने सशस्त्र प्रहरीको भनाइ छ ।

बरामद भएको गहनाको बजार मूल्य करिब १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको जनाइएको छ ।

बरामद भएको गहना भन्सार कार्यालय वीरगन्जमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : १९ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम