होलीको रंग आँखामा परे कस्तो असर पर्छ ? « Khabarhub

होलीको रंग आँखामा परे कस्तो असर पर्छ ?


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज होली पर्व । होलीको दिन एकआपसमा रंग लगाएर होली खेल्ने गरीन्छ । तर, सावधानी नअपनाइ होली खेल्दा स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँखा हाम्रो संवेदनशील अंग हो ।

आँखालाई हामीले जहिलेपनि सुरक्षित राख्नुपर्छ । होलीमा प्रयोग हुने रंग र लोलाले आँखामा विभिन्न किसिमका समस्याहरु देखिने र दृष्टि समेत गुम्म सक्ने खतरा चिकित्सकहरु बताउछन् ।

रंग र लोलाले आँखालाई हुने खतरा

–आँखाको नानीमा असर गर्छ,

–आँखाको नानीमा अल्सर हुनसक्छ,

–आँखाको लेन्स हल्लिएर मोतियाविन्दु हुनसक्छ,

–आँखामा रगत जम्छ,

–आँखाको पर्दा च्यातिन्छ,

–आँखाको दृष्टि कम हुँदै जान्छ,

–आँखाको नानीमा घाउँ हुन्छ,

–रंगमा हुने लेड रगतको माध्यमबाट शरीरमा फैलिन्छ र एलर्जी हुन्छ ।

कसरी बच्ने ?

आँखामा रंग तथा लोलाले लाग्दा आँखा बिझाउने, आँसु बगिरहने, पोल्ने, हेर्न गाह्रो हुने आँखाको नानी धमिलो हुने समस्याहरु देखिन्छ । यस्ता समस्या देखिएका तुरुन्त सफा पानीले आँखा सफा गर्नुपर्ने हुन्छ ।

होली खेल्दा आँखाको सुरक्षामा यसरी ध्यान दिनुस्

–होलीको रंग पर्न नदिन चस्मा लगाउने,

–आँखामा रंग पर्न नदिने,

–इनामेल प्रयोग भएको रंग प्रयोग नगर्ने,

–रंग परिहालेमा आँखा मिच्नु हुँदैन,

–आँखामा रंग वा लोलाले चोट लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : ४३ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको