तापखोलामा पुलको काम तीव्र « Khabarhub

तापखोलामा पुलको काम तीव्र


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ ।

सो गाउँपालिकाकै रु तीन करोड ८३ लाख २६ हजार लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने सो खोलामा निर्माणाधीन सो पुल २५ मिटर लम्बाइको छ । उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने पुल निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्शन प्रालिले विसं २०७५ फागुन १ गतेदेखि लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिए ।

पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि गाउँपालिकामा विकास निर्माणको वातावरण बन्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । “तापखोलामा पुल नहुँदा गाउँपालिकाको सिङ्गो विकास निर्माणमा असर पुगेको छ”, उनले भने “गाउँपालिकाका लागि चुनौतीका रूपमा रहेको तापखोलामा निर्माणाधीन पक्की पुललाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ ।”

पुल बन्न लागेकामा स्थानीयवासी हर्षित भएका छन् । सात वर्षअघि विसं २०६९ मा हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । उक्त गाउँपालिका जोड्ने सबैभन्दा छोटो दूरी दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक निर्माण गरिए पनि हुर्लुङ–जालपा–बाक्सिला सडक बढी उपयोगमा छ ।

दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै सडक वर्षा लागेसँगै पक्की पुल अभावमा करिब छ महिना अवरुद्ध हुने गरेको छ । हिउँदमा मात्र सञ्चालन हुने सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन सबै स्थानीय तहले पहल थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि आफ्नै लगानीमा साप्सुखोलामा पक्की पुल निर्माण शुरु गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको