सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेल बोक्ने ट्याङ्करले सुनसरीको इनरुवा–६ घोपाली टोलमा ठक्कर दिँदा १ जना पैद यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४८ वर्षीया मोनीमाया गिरी छन् । ट्याङ्ककरको ठक्करबाट गम्भीर घाइते भएकी गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने ट्याङ्कर र ट्याङ्ककरका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

यस्तै, मोरङको बेलवारी नगरपालिका–९ मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आइतबार राति करिब ९ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको माटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलवारी नगरपालिका–१० का २८ वर्षीय तेजबहादुर धिमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका धिमाललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४२ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच