सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेल बोक्ने ट्याङ्करले सुनसरीको इनरुवा–६ घोपाली टोलमा ठक्कर दिँदा १ जना पैद यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४८ वर्षीया मोनीमाया गिरी छन् । ट्याङ्ककरको ठक्करबाट गम्भीर घाइते भएकी गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने ट्याङ्कर र ट्याङ्ककरका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

यस्तै, मोरङको बेलवारी नगरपालिका–९ मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आइतबार राति करिब ९ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको माटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलवारी नगरपालिका–१० का २८ वर्षीय तेजबहादुर धिमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका धिमाललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको