प्रधानमन्त्री डिस्चार्ज भएलगत्तै नयाँ गभर्नर नियुक्ति प्रकृया अघि बढाइने « Khabarhub

प्रधानमन्त्री डिस्चार्ज भएलगत्तै नयाँ गभर्नर नियुक्ति प्रकृया अघि बढाइने


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुने भएको छ।

ओलीको डिस्चार्जसँगै बस्ने पहिलो मन्त्रीपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गर्नेछ।

अर्थमन्त्री संयोजक हुने ३ सदस्यीय समितिमा अन्य दुई जना पूर्वगभर्नर र एक जना वित्तीय क्षेत्रका अनुभवी ब्यक्ति हुनेछन्। समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्ले गभर्नरमा नियुक्त गर्नेछ।

तीन जनामध्ये एक जना बहालवाला डेपुटी गभर्नरबाट नाम सिफारिस गर्नुपर्ने ब्यवस्था छ। अहिलेका गभर्नर डा.चिरञ्जिबी नेपालको कार्यकाल आगामी चैत ५ गते सकिँदैछ।

सामान्यतया गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर सिफारिस गरिने प्रचलन रहँदै आएको छ । गभर्नरका लागि अहिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा.मीनबहादुर श्रेष्ठ, राजन खनाल, डा. सुवोधकुमार कर्ण, लालशंकर घिमिरेको नाम चर्चामा छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ३० बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र