प्रधानमन्त्री डिस्चार्ज भएलगत्तै नयाँ गभर्नर नियुक्ति प्रकृया अघि बढाइने « Khabarhub

प्रधानमन्त्री डिस्चार्ज भएलगत्तै नयाँ गभर्नर नियुक्ति प्रकृया अघि बढाइने


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुने भएको छ।

ओलीको डिस्चार्जसँगै बस्ने पहिलो मन्त्रीपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गर्नेछ।

अर्थमन्त्री संयोजक हुने ३ सदस्यीय समितिमा अन्य दुई जना पूर्वगभर्नर र एक जना वित्तीय क्षेत्रका अनुभवी ब्यक्ति हुनेछन्। समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्ले गभर्नरमा नियुक्त गर्नेछ।

तीन जनामध्ये एक जना बहालवाला डेपुटी गभर्नरबाट नाम सिफारिस गर्नुपर्ने ब्यवस्था छ। अहिलेका गभर्नर डा.चिरञ्जिबी नेपालको कार्यकाल आगामी चैत ५ गते सकिँदैछ।

सामान्यतया गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर सिफारिस गरिने प्रचलन रहँदै आएको छ । गभर्नरका लागि अहिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा.मीनबहादुर श्रेष्ठ, राजन खनाल, डा. सुवोधकुमार कर्ण, लालशंकर घिमिरेको नाम चर्चामा छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ३० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा