विश्व बजारमा तेलको मूल्य ३० प्रतिशतसम्म कम « Khabarhub

विश्व बजारमा तेलको मूल्य ३० प्रतिशतसम्म कम


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– तेलको मूल्य ३० प्रतिशतले कम भएको छ । पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको समूह ओपेक र रुसबीच उत्पादन कटौती गर्ने सम्झौता भंग भएपछि तेलको मूल्य घटेको हो ।

कच्चा तेलका दुई मुख्य बेन्चमार्क ब्रेन्ट र डब्लूटीआईले प्रतिब्यारेल ३५ डलर भन्दा कम मूल्यमा तेलको कारोबार गरिरहेका छन् ।

सोमबारमात्र एसियाली बजारमा तेलको मूल्य ह्वात्तै घटेको थियो । त्यस दिन ब्रेन्टमार्फत् ३१.३८ डलर प्रतिब्यारेलमा र डब्लूटीआईमार्फत् २८ डलर प्रतिब्यारेलमा तेलको कारोबार भएको थियो ।

विश्वमा आर्थिक सुस्तता र कच्चा तेलको माग घट्दै जान थालेपछि गत शनिबारमात्र साउदी अरबले एसिया, युरोप र अमेरिकी ग्राहकलाई हरेक ब्यारेलमा ६ देखि ८ डलर छुट दिने घोषणा गरेका थियो ।

साउदी अरबको यो कदमपछि तेल उत्पादनकर्ता मुलुकहरुबीच तेलको मूल्य कम गर्ने होडबाजी चल्ने सम्भावना बढेर गएको बताइन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : ०८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा