प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने « Khabarhub

प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बुधबार सम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन् ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उपचारमा संलग्न डाक्टर पवन चालिसेले खबरहबलाई जानकारी दिए ।

‘उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ, सामान्यतया मिर्गौला प्रत्यारोपण पछि कुनै जटिलता देखिएन भने प्रत्यारोपण गरीएको एकसातामा बिरामीको डिस्चार्ज हुन्छ,’ डा चालिसेले भने, ‘उहाँको (प्रधानमन्त्रीको) पनि अहिलेसम्म कुनै जटिलता आएको छैन, स्वास्थ्य अवस्थामा धेरै राम्रो सुधार भइरहेको छ, त्यसैले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना अधिक छ ।’

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज ६ दिन पूरा भइसकेको छ ।

डा चालिसेका अनुसार टिचिङ अस्पतालमा हरेक बुधबार दुईजना व्यक्तिको मिर्गौला प्रत्यारोपण हुन्छ । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्थामा राम्रो भएमा अस्पतालले प्रत्यारोपण गरेको ५ दिनमै समेत डिस्चार्ज गर्ने गरेको छ ।

‘हाम्रो अस्पतालमा हरेक बुधबार दुईजनाको मिर्गौला प्रत्यारोपण हुन्छ, मिर्गौला प्रत्यारोपण गरेको बिरामीको स्वास्थ्य अवस्था धेरै राम्रो हुँदै गएमा सोमबार डिस्चार्ज गथ्र्यौं,’ डा चालिसेले खबरहबसँग भने, ‘हरेक बुधबार अर्को दुईजनाको मिर्गौला प्रत्यारोपण गर्ने बिरामी तयारी अवस्थामा हुने भएकाले ट्रान्सप्लान आइसियुबाट बिरामी एक सातामा डिस्चार्ज भइसक्छन् ।’

प्रधानमन्त्री ओलीलाई भने ट्रान्सप्लान्टको आइसियुमा राखिएको छैन । प्रधानमन्त्री ओली अहिले लिभरतर्फको आइसियुमा रहेको डा चालिसेको भनाइ छ । त्यसैले आगामी बुधबार पनि त्रिवि शिक्षण अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने प्रधानमन्त्री ओलीकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको चिकित्सकहरुले बताएका छन् । संग्रौलाको स्वास्थ्य अवस्था हेरेर भोलि नै डिस्चार्ज गर्ने तयारी समेत भएको डा चालिसेले बताए ।

भेटघाट बन्द

स्वास्थ्य अवस्थामा सुधार आउँदै गएको र डिस्चार्ज गर्ने तयारी भएको भएपनि प्रधानमन्त्रीसँग भेट गर्न कसैलाई पनि दिइएको छैन ।

प्रधानमन्त्री र उनलाई मिर्गौला दिने भाञ्जीलाई बालुवाटारबाट खान लगिने गरिएको भएपनि उक्त खाना भित्रै रहेका नर्सहरुले खुवाउने गरेका छन् ।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि भेटका लागि समय उपलव्ध नगराइएको अस्पताल स्रोतको भनाइ छ ।

संक्रमण हुने डरले कसैलाई पनि भित्र जान नदिइएको अस्पताल स्रोतको भनाइ छ ।

गत शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनका बुवा मोहन अस्पताल पुगेका थिए ।

छोराको स्वास्थ्य अवस्थाबारे भेट्न र उनलाई भेट गर्न पुगेका ९० वर्षीय बुवासँग पनि ओलीको भेट हुन सकेन । ‘चिकित्सकले अहिले भेट्न मिल्दैन, बुवा’ भनेपछि उनी फर्किका थिए ।

मिर्गौला दिएकी समिक्षासँग प्रधानमन्त्री ओलीको पहिलो भेट हुने तयारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : ३४ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,