उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र परीक्षण


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले सोमबार तीन क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले दक्षिणी हेमग्योङ्ग प्रान्तबाट जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रले ५० किलोमिटरको अधिकतम उचाई लिएर दुई सय किलोमिटरसम्मको दूरी तय गरेका थिए ।

दुई साताअघि पनि उत्तर कोरियाले यस्तै किसिमका क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्रको किसिम भने अझै स्पष्ट नभइसकेको र यसबारे आवश्यक विश्लेषण भइरहेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ३ : ३२ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ