कोरोनाको बहानामा कालोबजारी बढेपछि सडकमा उत्रिए उपभोक्ता « Khabarhub

कोरोनाको बहानामा कालोबजारी बढेपछि सडकमा उत्रिए उपभोक्ता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले सोमबार सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो । र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए ।

कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन । सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए । सो अवसरमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले कालोबजारी र मूल्यवृद्धि गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन नागरिकले आवाज बुलन्द गर्दै दबाब दिनुपर्नेमा जोड दिए ।

शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पन्तले सामान्य रुघाखोकी लाग्दैमा नडराई स्वास्थ्यकर्मीको सल्लाह लिन आह्वान गरे । देशमा तीन तहको सरकार भए पनि कालोबजारी, उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धिको अनुगमनमा कसैले ध्यान नदिएको सहभागी राधिका गिरीले गुनासो गरे ।

सफाइ अभियानले कालोबजारी गर्नेका विरुद्ध सूचना सङ्कलन गरी नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई कानूनी कारवाहीका लागि दिन लागिएको जानकारी पनि संयोजक कुँवरले दिएका थिए । सो अवसरमा शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले कोरोना भाइरसका बारेमा जनचेतना जगाउँँदै फोहर नगर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ३ : ५४ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक