कोरोनाको जोखिम फैलिन नदिन ललितपुर महानगरले थाल्यो माक्स उत्पादन « Khabarhub

कोरोनाको जोखिम फैलिन नदिन ललितपुर महानगरले थाल्यो माक्स उत्पादन


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ललितपुर– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरु अपनाइएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्स लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।

यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिकाले मास्क उत्पादन गर्न शुरु गरेको हो । महानगरले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार माक्स उत्पादन थालिएको महानगरले जनाएको छ। मौसमी रुघाखोकी लागेका व्यक्तिले मास्कको प्रयोग गर्दा आफू र अरु समेत सुरक्षित हुने भएकाले चाँडै मास्क वितरण गरिने प्रवक्ता राजु महर्जनले बताए ।

महानगरपालिकाले यसअघि नै सिलाइ तालिम दिएको र तालिम लिएका महानगरका वडाका महिलाहरुले मास्क सिलाउन थालेको उनले बताए ।

त्यस्तै विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिमबाट टाढा रहन साबुन पानीले नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक कान र मुख छोप्न, अभिवादनका क्रममा नमस्कार गर्न, माछा, मासु र अण्डा राम्रो सँग पकाएर खाना समेत अनुरोध गरेको छ ।

महानगरले ठूला सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ४ : ३३ बजे

डा. गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६