नेपालका लागि ‘इयू जेण्डर च्याम्पियन’को जिम्मेवारी जर्मन राजदूतलाई | Khabarhub Khabarhub

नेपालका लागि ‘इयू जेण्डर च्याम्पियन’को जिम्मेवारी जर्मन राजदूतलाई


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि जर्मन राजदूत रोलाण्ड शाफरले लैंगिक समानताका लागि युरोपेली युनियन इयूको जेण्डर च्याम्पियनको जिम्मेवारी सम्हालेका छन् ।

उनले आइतबारबाट उक्त जिम्मेवारी सम्हालेको जर्मन दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले आगामी ६ महिना यस जिम्मेवारीमा रही काम गर्नेछन् ।

यसअघि इयूका जेण्डर च्याम्पियनको जिम्मेवारी फिनल्याण्डका राजदूत पेर्टी आन्टिननले सम्हाल्दै आएका थिए ।

जर्मन राजदूतलाई फिन्निस राजदूतले उक्त जिम्मेवारी हस्तान्तरण गरेको जर्मन दूतावासले जनाएको छ । उनले कार्यक्षेत्रमा लैंगिक समानता र द्वन्द्वमा महिलाको अवस्थालाई मध्यनजर गरी काम गर्नेछन् ।

विश्वमा महिला तथा बालिकाको हितका लागि ईयूको जेण्डर च्याम्पियनले प्रयास गर्दै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ६ : ५० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास