कालोबजारी भयो ११३७ मा फोन हानिहाल्नोस् : मन्त्री भट्ट « Khabarhub

कालोबजारी भयो ११३७ मा फोन हानिहाल्नोस् : मन्त्री भट्ट


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गरेको पाइए ११३७ नम्बरमा फोन गर्न अपिल गरेका छन् ।

कसैले ठगेमा, सामानको कृत्रिम अभाव गरेमा तत्कालै यो पैसा नलाग्ने नम्बर ११३७ मा फोन गर्न मन्त्री भट्टले उपभोक्तालाई अपिल गरेका हुन् ।

केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने उनले जानकारी दिए ।सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको बताए ।

‘हाल साल्ट ट्रेडिङसँग आगामी दशैँसम्म पुग्ने गरी नुन स्टकमा छ,’ मन्त्री भट्टले भने, ‘तर नुन सकिए जसरी प्रचार भयो, यसलाई चिर्न जरुरी भयो ।’

यस्तै साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक रहेको बताउँदै उनले उक्त धानबाट १४ हजार मेट्रिक टन चामल उत्पादन हुने जानकारी दिए ।

सरकारी मिलसँग मात्रै दैनिक एक हजार क्विन्टल भन्दा बढि चामल उत्पादन गर्ने क्षमता भएकाले उपभोक्तालाई नआत्तिन उनले आग्रह गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : ४० बजे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क