कोरोना भाइरसले फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसले फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा तीव्र देखिएको छ । युरोपकै पहिलो कोरोना भाइरस संक्रमित देश फ्रान्स यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले नियमित तथ्याङ्क दिने क्रममा मंगलबार साँझसम्म जम्मा १ लाख १२ हजार ९५० जनामा संक्रमण पुष्टि भैसकेको जानकारी दिएको हो ।

कोरोनाभाईरसको कारण १० हजार ८ सय ६९ जनाको मृत्यु भैसकेको जानकारी दिएको छ। त्यस्तै, करिब २२ हजार संक्रमितहरु कोरोना भाइरसको सफल उपचारपछि घर फर्किसकेको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको छ।

फ्रान्समा हाल करिब ८० हजार कोरोना भाइरसको संक्रमितको अस्पतालमा उपचार भैरहेको छ जसमध्धे ७ हजार १ सय ४८ जनाको अवस्था नाजुक रहेको छ।

सोमबार २४ घण्टामा मात्रै फ्रान्समा १०३२८ नयाँ कोरोनाभाइरस संक्रमित थपिएका थियो भने १४०७ जनाको मृत्यु भएको थियो जुन फ्रान्सको हालसम्मकै उच्च हो।

सन् २०१९ डिसेम्बर महिनामा चीनको बुहान प्रान्तको हुबे शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९_ को संक्रमण अहिले संसारको २०९ बटा देशमा फैलिसकेको छ।

पहिले चीनमात्र प्रभावित भएको यो महामारीले अहिले इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायत युरोपेली देशहरु हुँदै अमेरिकामा बिकराल रुप लिदै गएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : १० बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट