कोरोनाभाइरस नियन्त्रणबारे चीनले गरेका दावीहरु किन गलत छन् ? « Khabarhub

कोरोनाभाइरस नियन्त्रणबारे चीनले गरेका दावीहरु किन गलत छन् ?


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे चीनले आधिकारिक तथ्यांक सार्वजनिक नगरेको आरोप लगाइएको छ ।

अमेरिका लगायतका विभिन्न मुलुकका विज्ञहरुले चीनले कोरोनाभाइरस सम्बन्धी तथ्य लुकाएकाे आरोप लगाएका हुन् ।

बीबीसीका रोबिन ब्रान्टले लेखेका थिए- चीनले सार्वजनिक गरेका तथ्यांकहरूबारे भरोसा गर्न सकिँदैनन् । चीनले कुनै नयाँ घटनाहरु बाहिर ल्याउन चाहेको छैन ।

चीनले गत ७ अप्रिलसम्म ८१ हजार ७४० संक्रमित र ३ हजार ३३१ को मृत्यु भएको घटना बाहिर ल्याएको छ । यही तथ्यलाई लिएर कोरोना संक्रमित मुलुकहरुले चीनले संक्रमणको दर रोकेकोमा प्रसंशा गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहोमले चीनले कोरोना रोकथाम गरेकोमा धन्यवाद दिए पनि प्रस्तुत तथ्यांकप्रति आशंका समेत रहेको जनाएका छन् ।

गत हप्ता ब्रिटिश सरकारका वरिष्ठ मन्त्री माइकल गोवेले बीबीसीसंग कुरा गर्दै भनेका थिए- चीनबाट प्रस्तुत भइरहेको तथ्यांक स्पष्ट छैनन्, यी तथ्यांकमाथि शंका गर्ने धेरै ठाउँ छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भनेका थिए- ‘चीनमा संक्रमण र मृत्युको संख्या कम देखिएकोप्रति विश्वास गर्न सकिने आधार छैन ।’

चीनमा कोभिड-१९ प्रकोपको संख्यामा कमी भएकोप्रति अमेरिकी सांसदहरूले समेत आशंका गरेका छन् ।

विश्वमा कोरोना संक्रमितका घटनाहरु बढदै गर्दा अमेरिकाले चीनले  संक्रमण र मृत्युको तथ्यांक सार्वजनिक गर्न पूर्ण इमान्दार नदेखिएको जनाएको छ ।

चीनले कोरोना संक्रमणका तथ्यहरु लुकाएकाे हुँदा अन्य क्षेत्रमा समेत इमान्दारिता गुमाउने उनीहरुको दाबी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ११ : २८ बजे

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो