साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा « Khabarhub

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको छ ।

पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको बीबीसीले उल्लेख गरेको छ ।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको उक्त गठबन्धन हुथीविद्रोही विरुद्ध सन् २०१५ को मार्च महिनादेखि लडिरहेको छ । हुथी विद्रोहीहरूले पनि यसलाई युद्धविरामका रुपमा हेरेका छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

गत महिना संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोनाभाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि प्रयासहरू चाल्न आह्वान गरेका थिए।

उनले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न आह्वान गरे।

ग्रिफिथ्सले युद्धविरामसबन्धी समाचारको बुधबार नै एक विज्ञप्तिमार्फत स्वागत गरे। उनले भने: “सबै पक्षले यो अवसरको उपयोग गर्नुपर्छ र युद्ध अविलम्ब रोक्नुपर्छ।”

साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै लेखेको छ: “यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोनाभाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।”

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय सङ्कट भनि व्याख्या गरिँदै आएको छ । युद्धका क्रममा थुप्रै सर्वसाधारणको ज्यान गएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १२ : ३० बजे

महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ

काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको