युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा « Khabarhub

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

'शासकको मौनता लाजमर्दो'


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विकसित युद्ध उन्मादमा अस्थायी विराम लागेको भन्दै खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले हालको युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सूचना र प्रविधिको युगमा पनि कुनै सभ्यतालाई ‘ढुङ्गे युग’ मा फर्काउने धम्की दिइनु मानव सभ्यतामाथिकै व्यङ्ग्य भएको उनको टिप्पणी छ। यस्तो संवेदनशील घडीमा कतिपय विश्व शासक मौन बस्नु लाजमर्दो भएको भन्दै उहाँले मानवता निरिह बनेको स्थिति पीडाजनक रहेको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले युद्धको कठिन समयमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिने इरानी जनता र आफ्नै शासकका गलत नीतिको विरोध गर्ने अमेरिकी जनताले भविष्यप्रति आशा जगाएको उल्लेख गरेका छन्। “आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएकै छन्,” उनले लेखेका छन्।

अस्थायी युद्धविरामका लागि पहल गर्ने सबै पक्ष र विशेषगरी मध्यस्थतामा सक्रिय भूमिका खेलेको पाकिस्तानी नेतृत्वप्रति उनले सम्मान व्यक्त गरेका छन्। विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको यस युद्धले प्रभुत्व कायम गर्न खोज्नेलाई पनि पछि हट्न विवश बनाएको उनको भनाइ छ ।

महासचिव पोखरेलले हिंसालाई मानवताको शत्रु भन्दै सबैलाई सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउन अपिल गरेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : २९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा