साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा | Khabarhub Khabarhub

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको छ ।

पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको बीबीसीले उल्लेख गरेको छ ।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको उक्त गठबन्धन हुथीविद्रोही विरुद्ध सन् २०१५ को मार्च महिनादेखि लडिरहेको छ । हुथी विद्रोहीहरूले पनि यसलाई युद्धविरामका रुपमा हेरेका छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

गत महिना संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोनाभाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि प्रयासहरू चाल्न आह्वान गरेका थिए।

उनले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न आह्वान गरे।

ग्रिफिथ्सले युद्धविरामसबन्धी समाचारको बुधबार नै एक विज्ञप्तिमार्फत स्वागत गरे। उनले भने: “सबै पक्षले यो अवसरको उपयोग गर्नुपर्छ र युद्ध अविलम्ब रोक्नुपर्छ।”

साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै लेखेको छ: “यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोनाभाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।”

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय सङ्कट भनि व्याख्या गरिँदै आएको छ । युद्धका क्रममा थुप्रै सर्वसाधारणको ज्यान गएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १२ : ३० बजे

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन– नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो