कोरोनाविरुद्धको सरकारी अभियानमा खेलाडीहरु पनि परिचालन हुने « Khabarhub

कोरोनाविरुद्धको सरकारी अभियानमा खेलाडीहरु पनि परिचालन हुने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमणविरुद्व शुरु गरेको अभिययानमा खेलाडीहरु पनि परिचालन हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्‌का अनुसार स्थानीय निकाय र सुरक्षा निकायको समन्वयमा खेलाडीहरु पनि कोरोना संक्रमणविरुद्धको अभियानमा परिचालित हुने भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणविरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटका सदस्यहरुलाई स्वंयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।

खेलाडी परिचालनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाएको छ । राखेपले स्थानीय निकाय र सुरक्षा नियकायसँगको छलफल र समन्वयमा आवश्यक पर्दा सहयोग गर्ने सदस्य सचिव रमेश कुमार सिलवालले बताए ।

कोरोना भाइरसविरुद्धको अभियानमा लाग्दा सावधानीपूर्व लाग्नु पर्ने भएकाले स्थानीय निकाय वा प्रदेश सरकारसँगको समन्वयमा जानेछन् ।

सरकारले राहत वितरण र स्वयमसेवीका रुपमा खेलाडी परिचालन गर्न सकिने बताएको छ । आवश्यकता अनुसार राहत वितरण र स्वयमसेवामा खेलाडी खटिने सदस्य सचिव सिलवालले बताएका छन् ।

‘अहिलेको समय अलि फरक छ । सबै खेलाडी एक हुलमा गएर काम गर्ने होइन् । जसका लागि जहाँ पाएक पर्छ त्यहिँ काम गर्ने हो,’ सदस्य सचिव सिलवालले भने, ‘स्थानीय निकायसँगको समन्वयमा कसैले राहत वितरणमा, कसैले अस्पतालमा स्वयम् सेवीको भूमिकामा जानु पर्ने हुन सक्छ । स्थानीय तहलाई आवश्यक पर्दा तपाईंहरु सहभागी हुनु भनेर खेलाडीहरुलाई भनिएको छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १२ : ५७ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ