कोरोना संकटले विश्वमा कति कामदार बेरोजगार होलान् ? « Khabarhub

कोरोना संकटले विश्वमा कति कामदार बेरोजगार होलान् ?


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय श्रम सङ्गगठन (आइएलओ) ले कोभिड–१९ सङ्कटले सन् २०२० को दोस्रो चौमासिक अवधिमा विश्वभरका ६.७ प्रतिशत कामदार बेरोजगार बन्ने अनुमान गरेको छ, जो १९ करोड ५० लाख पूर्णकालीन कामदार बराबर हो ।

सबैभन्दा धेरै अरब मुलुकहरूमा, ८.१ प्रतिशत, कामदार बेरोजगार हुनेछन् जो करिब ५० लाख पूर्णकालीन कामदार बराबर हो । यसैगरी युरोपमा ७.८ प्रतिशत अर्थात १ करोड २० लाख, एशिया तथा एशिया प्यासिफिकमा ७.२ प्रतिशत अर्थात १२ करोड ५० लाख पूर्णकालीन कामदार बेरोजगार हुनेछन् ।

आइएलओका अनुसार संसारका सबै आयसमूहहरूले ठूलो क्षति ब्यहोर्नु पर्नेछ । अझ बढी चाहिँ उच्च–मध्यम आय भएका मुलुकहरूमा क्षति हुनेछ । यस्ता मुलुकहरूमा ७ प्रतिशत अर्थात १० करोड पूर्णकालीन कामदारको रोजगारी गुम्नेछ । यो अवस्था सन् २००८–९ को भन्दा पनि बढी जर्जर हुनेछ ।

सबैभन्दा बढी जोखिम आवास, खाद्यान्न व्यवस्थापन, उत्पादन, खुद्रा व्यापार, व्यवसाय र प्रशासनिक क्षेत्रमा हुनेछ ।

सन् २०२० मा विश्वव्यापीरूपमा बेरोगजारी कति बढ्नेछ भन्ने कुरा भविष्यमा विकसित हुने परिस्थित र रणनीतिहरूमा भर पर्नेछ । वर्षको अन्त्यसम्मा बेरोजगारको संख्या आइएलओले सुरुमा अनुमान गरेको २ करोड ५० लाख भन्दा धेरै बढी हुनसक्नेछ ।

आइएलओका महानिर्देशक गाय वाडरले भनेका छन्, ‘कामदार र व्यवसायहरूले विनाश भोगिरहेका छन्.. हामी छिटो छिटो अघि बढ्नुपर्छ, निर्णायक हुनुपर्छ र एकसाथ हिँड्नुपर्छ ।’ तत्काल अपनाइने उचित उपायहरूले अस्तित्व रक्षा र विनाशका बीच फरक पार्न सक्नेछ ।

आइएलओका अनुसार हरेक ५ जनामध्ये ४ जनाभन्दा बढी (८१ प्रतिशत) अर्थात ३ अर्ब ३० करोड कामदारहरू आफ्नो कार्यस्थल पूर्ण वा आंशिक बन्दको असर भोगिरहेका छन् ।

एउटा नयाँ अध्ययनअनुसार अत्यन्तै जोखिमपूर्ण मानिएका क्षेत्रमा काम गर्ने १ अर्ब २४ करोड मानिसहरू बेतलबी विदा, ज्याला कटौती वा कार्यावधि कटौति भोगिरहेका छन् । कम ज्याला दिने र कम सिपका कामदारलाई काम लगाउने व्यवसायहरू अचानक ठूलो क्षति भोगिरहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १ : ४८ बजे

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा