लकडाउनका कारण अलपत्र परेका ३७ मजदुरको उद्धार « Khabarhub

लकडाउनका कारण अलपत्र परेका ३७ मजदुरको उद्धार


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– तीन साता लामो लकडाउनका कारण अलपत्र परेका ३७ मजदूरलाई म्याग्दीका विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनका कारण विभिन्न जिल्लाबाट आएर म्याग्दीमा सञ्चालित विभिन्न आयोजनामा काम गर्ने ३७ मजदूर भोकभोकै रहेका र हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरका अनुसार बुधबार बेनी नगरपालिका– ६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ र बेनी दरवाङहुँदै रोल्पातर्फ हिँडेका २३ मजदूरलाई उद्धार गरी सम्बन्धित आयोजनाका ठेकेदारलाई जिम्मा लगाइएको छ ।

उनले भने, ‘आफ्नो आयोजना स्थलमा रहेका मजदूरलाई अलपत्र पार्नेलाई कारवाही शुरु गरेका छौं, एक ठाउँबाट अर्को ठाउँमा नजान मजदूरहरुलाई समेत सचेत बनाएका छौं ।’

निर्माणाधिन बेनी अस्पतालको भवनमा काम गर्ने मजदूरहरु बेनी दरवाङ सडक खण्डको प्रयोग गरी रोल्पा जान हिडेको अवस्थामा उनीहरुलाई बेनी नगरपालिका–४ सिंगाबाट उद्धार गरिएको प्रनाउ कुवँरले बतााए । उनीहरु एक हप्ता पैदल हिडेर घरसम्म पुग्ने योजना बनाइ हिँडेका थिए ।

अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाएपनि आफूहरुलाई भोकभोकै बस्नुपर्ने अवस्था आएकाले बस्तीभन्दा टाढा जङ्गलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदूरहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  २ : ५२ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र