टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ? « Khabarhub

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधानका लागि नयाँ सुविधा ल्याएको छ। यो सुविधासँगै ग्राहकले आफ्नो मोबाइलको ब्यालेन्सबाट डेटा चलाउने वा नचलाउने भन्ने विकल्प आफैँ रोज्न सक्नेछन्।

टेलिकमका अनुसार प्रयोगकर्ताले ‘पे एज यू गो’ सेवालाई आफ्नो इच्छाअनुसार सक्रिय वा निष्क्रिय पार्न सक्नेछन्। यो सुविधा प्रयोग गर्न ग्राहकले *४४४# डायल गर्नुपर्ने हुन्छ।

कसरी मिलाउने सेटिङ ?

सुरुमा मोबाइलमा *४४४# थिच्नुहोस्।

त्यसपछि स्क्रिनमा देखिने चौथो नम्बरको विकल्प ‘Enable/Disable PAYG’ छनोट गर्न ४ थिचेर सेन्ड गर्नुहोस्।

त्यहाँ तीनवटा विकल्प देखिनेछन्:
Disable : डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट पैसा नकाटियोस् भन्नका लागि १ थिचेर सेन्ड गर्नुहोस्।
Enable : प्याकेज नभए पनि मेन ब्यालेन्सबाटै डेटा चलाउनुपर्ने भएमा २ थिचेर सेन्ड गर्नुहोस्।
Status : आफ्नो मोबाइलमा यो सेवा कुन अवस्थामा छ भनी हेर्न ३ थिचेर सेन्ड गर्नुहोस्।

डिजिटल भुक्तानी वा आकस्मिक समयमा डेटा प्याकेज नभए पनि इन्टरनेट चलाउनुपर्ने अवस्थामा प्रयोगकर्ताले पुनः यो सेवा सक्रिय पार्न सक्ने टेलिकमले जनाएको छ। यो सुविधाले झुक्किएर ब्यालेन्स काटिने ग्राहकको गुनासो सम्बोधन हुने विश्वास गरिएको छ।

टेलिकमले यो सुविधा थप गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत् मन्त्री तिमल्सिनाले टेलिकमले यो सुविधा थप गरेको जानकारी गराएका हुन् । मन्त्री तिमल्सिनाले लेखेका छन्- “शुभप्रभात! अहिले बिहानबाट NTC प्याकेज सकिएपछि डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ। त्यसको लागि *444# डायल गरेर तल देखिएको ४ मध्ये चौथो अप्सन प्रयोग गरी PAYG disable गर्न सकिन्छ। धन्यवाद!”

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ५१ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान