अत्यावश्यक सामान भन्दै लकडाउनमा रक्सीको ढुवानी गरेपछि… « Khabarhub

अत्यावश्यक सामान भन्दै लकडाउनमा रक्सीको ढुवानी गरेपछि…


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ ।

लकडाउनको समयमा प्रहरी प्रशासनले अतिआवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एक अटोले दुग्ध दुवानी सेवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो ।

त्यसैगरी स्कुटरबाट करीब ४० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : २१ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख