काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार « Khabarhub

काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ ।

कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो ।

तर, पछि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमा असहमति जनाएपछि निर्णय फिर्ता लिइएको हो ।

‘लकडाउनका कारण काम नभएर काठमाडौंमा फसेका व्यक्तिलाई घर पठाउने भनेर केही दिन अगाडिदेखि नै छलफल हुँदै आएको थियो । तर, बिहीबार निर्णय भयो भनेर बाहिर आयो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेका छौं । यातायात मन्त्रालयले पनि अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेर भनेको छ ।’

रक्षा मन्त्रालय स्रोतका अनुसार भने बिहीबार रक्षा मन्त्रालयमा भएको बैठकमा शुक्रबार र शनिबार गरी २ दिन काठमाडौंमा रहेका व्यक्तिलाई आ–आफ्नो घर जान दिने विषयमा समझदारी भने बनेको थियो । तर, त्यसले संक्रमण फैलिने जोखिम झन बढ्ने भएपछि निर्णय फिर्ता लिइएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ०१ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको