फ्यानको विश्वासले कडा मेहनत गर्न प्रेरित गर्छ: टाइगर श्राफ « Khabarhub

फ्यानको विश्वासले कडा मेहनत गर्न प्रेरित गर्छ: टाइगर श्राफ


२७ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ एक यस्ता अभिनेता हुन्, जसले बलिउडमा छोटो समयमा नै आफ्नो छुट्टै क्रेज बनाएका छन् । पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘बागी ३’ पनि टाइगरकै कारण हिट भएको थियो । उनले फिल्मका लागि निकै मेहनत गरेका थिए ।

टाइगर श्राफले फ्यानका लागि भनेर उत्तिकै मेहनत पनि गर्छन् । उनका लागि आफूलाई पनि फिट राख्ने गर्छन् । उनी कामप्रति पनि उत्तिकै सचेत छन् ।

एक अन्तर्वार्तामा टाइगरलाई सोधियो – फिल्मका लागि फ्यानका कारण लागि कत्तिको दबाब गर्नुहुन्छ ?

यस्तो उत्तर दिँदै उनले भने, ‘जब दर्शकले आफूले गरेको काम अझ नजिकबाट नियाल्न थाल्छन्, त्यसपछि थप सचेत भइन्छ ।’

उनले मेहनत गर्नुपर्ने तर चिन्ता गर्नु नहुने समेत बताए । उनले भने, ‘मेरो फ्यानको विश्वासले मलाई कडा मेहनत गर्न सधै प्रेरित गर्छ ।’

टाइगर श्राफले अभिनय गरेका दुई फिल्म ‘वार’ र ‘बागी ३’ दुवै हिट भए । अब उनलाई ‘हिरोपन्ती २’ मा देख्न सकिन्छ । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ८ : ५१ बजे

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको