कोरोना भाइरस : १३ लाख ८२ हजार संक्रमित निको भए, २३ लाख ५५ हजारको उपचार हुँदै | Khabarhub Khabarhub

कोरोना भाइरस : १३ लाख ८२ हजार संक्रमित निको भए, २३ लाख ५५ हजारको उपचार हुँदै


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७५ हजार ९३४ पुगेको छ ।

एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो ।

युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५० हजार ५१३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख २८ हजार ११३ जना उपचारपछि निको भएका छन् भने ८ लाख २ हजार ६३० जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार १७६ जनाको अवस्था गम्भीर छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ५०१ पुगेको छ । एकैदिन २९६ जनाको मृत्यु भएको छ ।

१६ हजार ३२५ नयाँ संक्रमित थपिएसँगै ६ लाख ३४ हजार ८२९ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ४९ हजार १५६ जना निको भएका छन् । २ लाख ६४ हजार १७२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ११५ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ४१ हजार ८९६ पुगेको छ । एकैदिन ३२ हजार ५७८ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८७ हजार ५० जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १६ हजार ६३ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ८३ हजार ६५५ पुगेको छ । मृतकको संख्या १४ हजार ५७७ पुगेको छ ।

संक्रमितमध्ये ९५ हजार २७४ निको भएका छन् भने १ लाख ७३ हजार ८०४ जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ५८ हजार ९६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार १६० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५०८ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २२९ जनाको मृत्यु भएको छ भने ३ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् ।

६५ हजार ४१० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८७ हजार ९६१ जनामध्ये १ हजार १६८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ५९ बजे

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी– लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१-८२ को बजेट बहुमतले पारित

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका

संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन, माग्यो नौ सहकारीको विवरण

काठमाडौं– सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

कलैया– जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९०