कोरोना भाइरसले साउदीमा २२९ जनाको मृत्यु, खाडी मुलुकमा ८७ हजार संक्रमित « Khabarhub

कोरोना भाइरसले साउदीमा २२९ जनाको मृत्यु, खाडी मुलुकमा ८७ हजार संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४८६ जनाको मृत्यु भएको छ भने ८७ हजार १९० जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २२९ जनाको मृत्यु भएको छ । त्यहाँ ३५ हजार ४३२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १७४ जनाको मृत्यु भएको छ भने १६ हजार ७९३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४७ जनाको मृत्यु भएको छ भने ७ हजार २०८ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १६ जनाको मृत्यु भएको छ भने ३ हजार ११२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १२ जनाको मृत्यु भएको छ भने २० हजार २०१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ४ हजार ४४४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ११ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय