मलेसियामा थप २५ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

मलेसियामा थप २५ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित भएका छन् ।

मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने क्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।

विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहका अनुसार ७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ देखिएको हो ।

२ सय ८६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४४० जनाको नतिजा आउन बाँकी छ । त्यसमा कति जना नेपाली भनेर खुलाइएको छैन । उक्त उद्योगमा अप्रिल ५ तारिखमा पहिलोपटक कोरोना संक्रमित देखा परेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : २७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज