एमबाप्पेले जिते फ्रेन्च लिग वानको गोल्डेन बुट « Khabarhub

एमबाप्पेले जिते फ्रेन्च लिग वानको गोल्डेन बुट


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ ।

एमकाप्पेले लगातार दोस्रो सिजन फ्रेन्च पलग वानको गोल्डेन बुट जित्न सफल भएका हुन् । कोरोना भाइरस (कोभिड–१९)का कारण सिजन रद्द भएसँगै लिग डि फुटबल प्रोफेसनल (एलएफपी)ले पीएसजीलाई नै अघिल्लो साता च्याम्पियन घोषणा गरेको थियो ।

फ्रान्स सरकारले आगमी सेप्टेम्बरसम्म खेलकुदका कुनै पनि गतिविधि गर्न रोक लगाएपछि एलएफपीले लिग वान र लिग टु रद्द भएको घोषणा गरेको थियो ।

२१ वर्षे एमबाप्पेले अघिल्लो सिजन पनि गोल्डेन बुट जितेका थिए । उनले अघिल्लो सिजन २९ खेलमा ३३ गोल गरेका थिए । यो सिजन फ्रान्स तथा मोनाकोका विसाम बिन यडरसँग समान १८ गोल भए पनि प्रतिखेलमा गोलको आधारमा एमबाप्पेलाई गोल्डेन बुट प्रदान गरिएको हो ।

विश्व विजेता एमबाप्पेले यडरको तुलनामा ओपन प्लेबाट बढी गोल गरेका थिए । यडरको १८ गोलमा तीन पेनाल्टी समावेश छ । जब कि एमबाप्पेले सबै गोल ओपन स्पेसबाटै गरेका छन् ।

यस्तै, एमबाप्पे यडरको तुलनामा प्रतिखेलमा बढी गोल गर्नमा पनि अघि छ । उनले लिग वानको २० मध्ये १८ खेलमा गोल गरेका छन् । यडरले २६ खेलमा १८ गोल गर्न सफल भएका थिए । एमबाप्पेको प्रतिखेल ०.९ रहँदा यडरको ०.६९ रहेको छ । एमबाप्पेले यो सिजन पीएसजीका लागि ३० खेलमा ३३ गोल गरेका छन् ।

पछिल्लो समय एमबाप्पेले पीएसजी छाड्ने चर्चा सुरु भएको छ । उनलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गर्ने प्रयास गरिरहेका छन् । तर, कोरोनाका कारण हुन सक्ने आर्थिक मन्दीलाई ध्यानमा राख्दै रियलले अर्को सिजन मात्रै अनुबन्ध गर्ने बुझिएको छ ।

यता, एमबाप्पेले पनि पीएसजीसँग आफ्नो रिलिज क्लज मागेका छन् । उनले आफ्नो भविष्य सुनिश्चिताका लागि रिलिज क्लज माग गरिएको बुझिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ५० बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन