लकडाउनमा गंगालाल हृदय केन्द्रमा २५ सयको उपचार, २४ जनाको शल्यक्रिया « Khabarhub

लकडाउनमा गंगालाल हृदय केन्द्रमा २५ सयको उपचार, २४ जनाको शल्यक्रिया


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा लकडाउन सुरु भएयता शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेकपाका २ नेतासहित २ हजार ५ सय जनाभन्दा बढीको उपचार गरिएको छ ।

त्यसमध्ये ५० जनाको ‘प्राइमरी एन्जियोप्लाष्टी’ (मुटुको बन्द रक्तनली खोल्ने प्रक्रिया) गरिएको अस्पतालले जनाएको छ ।

चैत ११ गते लकडाउन सुरु भएयता प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईको र तत्कालीन एमालेका विदेश विभाग सचिव यादव शर्माको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार भएको छ ।

गत चैत २९ गते ‘प्राइमरी एन्जियोप्लाष्टी’ गरेर डा. भट्टराईलाई वैशाख ३ गते डिस्चार्ज गरिएको थियो । वैशाख १३ मा उनको दोस्रो ‘एन्जियोप्लाष्टि’ भयो । त्यसयता डाक्टरले ६ हप्ता आराम गर्नु भनेकाले भट्टराई अहिले घरमै आराम गरिरहेको उनका भाइ पुष्प भट्टराईले जानकारी दिए ।

‘दाइलाई हृदघात भएपछि गंगालाल अस्पताल लगिएको थियो,’ उनले भने ‘आज ४ हप्ता भयो, अब अरू दुई हप्ता आराम गर्नु भनेकाले घरमै हुनुहुन्छ आराम गरिरहनु भएकाले बोल्न मिल्दैन, म्यासेज छाडेर स्वास्थ्यलाभको कामना गर्नु भए हुन्छ ।’

नेकपाकै नेता (तत्कालीन एमालेका विदेश विभाग सचिव) यादव शर्माको पनि वैशाख २० गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमै ‘एन्जियोप्लाष्टी’ गरिएको थियो । एन्जियोप्लाष्टीपछि उनी हाल घरमा आराम गरिरहेका छन् । शर्मालाई ५ वर्षअघि पनि हृदयाघात भएको थियो ।

‘खास फिजिकल्ली काम गर्ने अवस्था छैन, मानसिक काम गर्न रोकिएको छैन,’ शर्माले भने, ‘डाक्टरले एक हप्ताजति आराम गर्नु भन्नुभएको छ, आराम गरिरहेकै छु, लकडाउनभर घरमै रहन्छु ।’

२४ जनाको शल्यक्रिया

सामान्य अवस्थामा दैनिक ७ सय जनासम्मले मुटुसम्बन्धीको उपचार सेवा लिने गंगालाल हृदय केन्द्र बाँसबारीमा लकडाउन यता २४ जनाको मुटुसम्बन्धी शल्यक्रिया भएको छ । यही अवधिमा करिब २ हजार ५ सय जनाको उपचार भएको छ ।

लकडाउनका बीच पनि कैलाली, झापा, उदयपुर लगायतका जिल्लाबाट आएका बिरामीको उपचार गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

यस्तै १०८ जनाको एन्जिओग्राम (मुटुको रक्तनली बन्द छ कि छैन भनेर हेर्ने विधि), ५० जनाभन्दा बढीको एन्जिओप्लाष्टी र २२ जनामा पेस मेकर (मुटु चलायमान गराउने एक प्रकारको ब्याट्री) राखिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै केही समय बन्द गरिएको ओपीडी (बहिरङ्ग सेवा) उपचार सेवा पनि वैशाख १७ देखि सञ्चालनम भएको अधिकारीले जानकारी दिए ।

उनकाअनुसार ओपीडी सुरु गरिएको पहिलो दिन २५ जनाले सेवा लिएकोमा वैशाख २६ गतेसम्म ७१६ जनाले सेवा लिएका छन् ।

कोरोना संक्रमितका लागि ३० बेड

मुटु सम्बन्धी रोगका बिरामी कोरोना भाइरसबाट संक्रमित भए उनीहरूको उपचारका लागि छुट्टै ३० बेडको व्यवस्था गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको शंका लागेका बिरामी आए उनीहरूलाई छुट्टै राखेर उपचार गर्न ५ वटा आइसोलेसन वार्ड तयारी अवस्था राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह