कांग्रेस महाधिवेशन पुस मसान्तभित्र गर्न नेताहरूबीच भद्र सहमति : कल्याण गुरुङ « Khabarhub

कांग्रेस महाधिवेशन पुस मसान्तभित्र गर्न नेताहरूबीच भद्र सहमति : कल्याण गुरुङ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसभित्र डेढ महिनादेखि जारी अनिश्चितता अन्त्य हुने सङ्केत देखिएको छ । उक्त कुराबारेको जानकारी एक नेताले दिएका हुन् ।

१५औँ महाधिवेशनको तालिका र समयसीमाबारे सहमति खोज्ने प्रयास तीव्र भइरहेका बेला केन्द्रीय सदस्य कल्याण गुरुङले नेतृत्वबीच शनिबार भद्र सहमति बनेको दाबी गरेका छन् ।

गुरुङका अनुसार सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा १५औँ महाधिवेशन २०८२ साल पुस मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

उनले दुवै नेताको लचकता र प्रयासका कारण महाधिवेशन कार्यतालिका अब चाँडै सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका छन् ।

सहमतिको मुख्य बुँदा–
– महाधिवेशन २०८२ साल पुस मसान्तभित्र सम्पन्न गर्ने ।
– त्यही अवधिभित्र विस्तृत कार्यतालिका ल्याउने
– केन्द्रीय क्रियाशील छानबिन समितिसहित आवश्यक संरचनाहरू गठन गर्ने ।
– निर्वाचन प्रक्रियालाई केन्द्रीकृत गर्दै समन्वय समितिहरू बनाउने ।

गुरुङले महाधिवेशन वैशाखमा गर्नुपर्ने धारणा धेरैमा भए पनि नेतृत्वले निकालेको सहमतिलाई आफूले स्वीकार र स्वागत गर्ने बताए।

पार्टीभित्रका सबै धारणा हालका लागि थाती राखेर पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णयलाई साथ दिन उनले अपिल गरे ।

यस प्रक्रियामा सहयोग गरेको भन्दै उपसभापति, महामन्त्री, सहमहामन्त्री, पूर्वपदाधिकारी, नेता डा. शेखर कोइराला र केही केन्द्रीय सदस्यलाई उनले धन्यवाद दिएका छन् ।

कांग्रेसमा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक हुने समय नजिकिँदै गर्दा अन्तिम सहमतिले कस्तो मोड लिन्छ भन्ने चासो थपिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ५० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम

प्रहरीका एसपी अमरेन्द्र सिंहलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी

काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल

काठमाडौँ – काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा