हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो | Khabarhub Khabarhub

हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।

कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ ।

हिमालय एयरलाइन्सको कार्गो जहाज आज बिहान काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । केसीका अनुसार आजै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दैछ ।

ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चार्टर्ड गरेको बताइएको छ । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् ।

लकडाउनको अवधिमा हिमालयको चीनमा यो पाचौँ कार्गो उडान हो । यसअघि चीनको ग्वान्जाओ र चाङशामा चारवटा कार्गो उडान गरेको थियो । यी उडानले कोभिड–१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गरेका हुन् ।

बेइजिङमा नियमित यात्रु उडान सञ्चालनपश्चात हिमालय एयरलाइन्सले २३ जनवरी २०२० मा छोङछिङलाई चीनको पाँचौँ गन्तव्य बनाइ प्रतिहप्ता एक सिधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिडका बिरामी बढेसँगै अनिवार्य स्वास्थ्य सामम्रीको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर्ड उडानको माग वृद्धि भएकाले कम्पनीले चीनका विभिन्न गन्तव्यमा कार्गो उडान गरिरहेको बताए ।

उनले लकडाउनको अवधिमा चीनका विभिन्न शहरहरुमा थप चार्टड उडानको सम्झौता गर्न सफल भएकामा खुशी व्यक्त गर्दै छोङछिङ कम्पनीका लागि चीनको प्रमुख गन्तव्यमध्ये एक भएको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ३३ बजे

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’

सरकार र मेलम्ची सङ्घर्ष समितिबीच भएको सहमति यस्तो छ 

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले