म्याग्दीमा थप २ जनामा डेंगुको संक्रमण, संक्रमित संख्या ९ पुग्यो | Khabarhub Khabarhub

म्याग्दीमा थप २ जनामा डेंगुको संक्रमण, संक्रमित संख्या ९ पुग्यो


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – कोरोना भाइरस सङ्क्रमण जोखिमकाबीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि मानिसहरू त्रसित बनेका छन् ।

म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ।

बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए ।

गत हप्ता पनि म्याग्दीमा दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् ।

शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ ।

गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : १८ बजे

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक