यूएईमा एकैदिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

यूएईमा एकैदिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ।

यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार तीमध्ये २२ जना नेपाली महिला छन्।

कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन्।

यूएईमा अहिलेसम्म १६ हजार ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत