यूएईमा एकैदिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि | Khabarhub Khabarhub

यूएईमा एकैदिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ।

यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार तीमध्ये २२ जना नेपाली महिला छन्।

कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन्।

यूएईमा अहिलेसम्म १६ हजार ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ०१ बजे

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके– चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन

गैँडाको आक्रमणबाट मृत्यु

चितवन– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’

म्याग्दी– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै

कहिल्यै नमेटिने गाजा युद्धका घाउ

‘कहिले काहीँ बिर्सिएर आकाश खोज्दै हिँड्छु, भत्किएको मेरो पुरानो त्यो

बिहेपछि किन मोटाउँछ मान्छे ?

काठमाडौं– तपाईँले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो