छहारीलाई हिमाली ट्रष्टको सहयोग « Khabarhub

छहारीलाई हिमाली ट्रष्टको सहयोग


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौँडास्थित छहारी भवनबाट दैनिक वितरण हुँदै आएको निःशुल्क भोजन अभियानलाई हिमाली ट्रष्टले सहयोग गरेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेका मजदुर तथा विपन्न वर्गलाई सो भवनबाट निः शुल्क भोजनको व्यवस्था मिलाइएको छ ।

उक्त ट्रष्टले ७४ बोरा चामल सहयोग गरेको छहारी संस्थाको अध्यक्ष लिली थापाले जानकारी दिए । उनका अनुसार निःशुक भोजन अभियान शुरु भएको २३औँ दिनसम्म २५ हजार विपन्न नागरिकलाई भोजन उपलब्ध गराइसकेको छ ।

यो अभियानलाई लकडाउन अवधिभर जारी राख्ने बताइएको छ । ट्रष्टले विभिन्न संस्था तथा व्यक्तिलाई वितरण गरेको सामग्री खाद्य तथा स्वास्थ्य रहेको छ । यस्तै कोषले आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पिपिइ, मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

ट्रष्टले कालीमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेको व्यापारीलाई मास्क, पञ्जा, डिसइन्फेक्सन र स्प्रे वितरण गरेको थियो ।

यसैगरी पशुपति क्षेत्र विकास कोषलाई २० बोरा चामल, ४०० केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी संस्थालाई ७४ बोरा चामल वितरण गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : १० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग