तिलोत्तमामा आइसोलेशन सेन्टर तयार « Khabarhub

तिलोत्तमामा आइसोलेशन सेन्टर तयार


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । केन्द्रका लागि एकएक चिकित्सक नर्स नियुक्त गरिएको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा सेन्टर निर्माण गरिएको स्वास्थ्यचौकी इञ्चार्ज केशव भट्टराईले बताए ।

दश शय्याको सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिए । नगरपालिकाले आफ्नै स्रोतमा दुई चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ । दश स्वास्थ्य संस्थामा झण्डै ८० कर्मचारी कार्यरत छन् ।

बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डा पाठकले बताए । उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेट्रोन र कोरोना फोकल पर्सन डा सुदर्शन थापाको सुझावका आधारमा काम भइरहेको छ ।

हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले कोरोनाका कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गका लागि तेस्रो चरणको राहत वितरण गरिसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै