अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक मेन्सका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

अमेरिकी सेनाका एक सदस्य समेत रहेका राष्ट्रपति ट्रम्पका एक सहयोगीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको दुई दिनमै उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी हुन् ।

शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।

शुक्रबार उपराष्ट्रपति पेन्स एक धार्मिक नेतासँगको भेटका लागि चढेको विमानमा रहेका ६ जनालाई अचानक बाहिर निकालिएको थियो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएकी मीलरसँग हालै सम्पर्कमा आएका व्यक्तिहरुलाई विमानबाट निकालिएको जनाइएको छ ।

मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै संक्रमणको पुष्टि भएपछि ह्वाइट हाउसले ट्रम्प र पेन्समा पनि कोरोना भाइरस रहे नरहेकोबारे परीक्षण सुरू गरेको छ ।

दुबै जनाको दैनिक परीक्षण गरिरहदा अहिलेसम्म संक्रमण नदेखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : ०५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र