भोकमरी हुन नदिन बझाङमा खाद्यान्न भण्डारण | Khabarhub Khabarhub

भोकमरी हुन नदिन बझाङमा खाद्यान्न भण्डारण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- मुलुकभर लकडाउन जारी रहँदा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ ।

लकडाउनको अवधि लम्बिन सक्ने हुँदा सो गाउँपालिकाले खाद्यान्न खरिद गरी गोदाममा राख्नुपरेको गाउँपालिकाले बताएको छ ।

सो गाउँपालिकाको भामचौर, भैरवनाथ, रायल र बाँजका उच्च पहाडी गाउँबस्तीमा खाद्यान्न अभाव हुने भएकाले लकडाउनले कामकाज गर्न नपाएर यी गाउँबस्तीमा खाद्यान्न समस्या हुनसक्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा विपन्न गरिब परिवारलाई खाद्यान्न वितरण गरेको सो गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरिएको हो । नौ वडा रहेको सो गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य रहेको अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारले लकडाउनको बेला दैनिक ज्यालादारीमा काम गरी खाने र अति विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि गाउँपालिकालाई २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उनले प्रदेश सरकारबाट आएको थप तीन लाखसहित पालिकाको पाँच लाख रूपैयाँ गरी जम्मा ३३ लाख रूपैयाँ बराबर खर्चको जोहो गरेको बताए ।

गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ भने अहिले पुनः खाद्यान्न सकिएका घरपरिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको छ । गाउँपालिकाले आफ्नै कार्यालयको सभाहलमा ३०० क्विन्टल चामल, ६० क्विन्टल दाल, ११५ क्विन्टल नुनसहित ३३६ कार्टुन खाने तेल खाद्यान्न भण्डारण गरेर राखेको छ ।

अध्यक्ष भण्डारीका अनुसार सो पालिकामा सामान्यतया खाद्यान्न अभाव हुने गरेको थियो । लकडाउनको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै रहनु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न मौज्दात गरेको उनले बताए ।

गाउँपालिकाभित्रका टोल बस्तीमा पनि बिहान–बेलुका दुई–दुई घण्टा खाद्यान्न पसल खुलाउने व्यवस्था गरेको छ । केदारस्युँ गाउँपालिकामा बागथला र गर्जेपानी गरी दुईवटा क्वारेन्टाइन स्थलमा २३ जना रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : १० बजे

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ