भोकमरी हुन नदिन बझाङमा खाद्यान्न भण्डारण « Khabarhub

भोकमरी हुन नदिन बझाङमा खाद्यान्न भण्डारण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- मुलुकभर लकडाउन जारी रहँदा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ ।

लकडाउनको अवधि लम्बिन सक्ने हुँदा सो गाउँपालिकाले खाद्यान्न खरिद गरी गोदाममा राख्नुपरेको गाउँपालिकाले बताएको छ ।

सो गाउँपालिकाको भामचौर, भैरवनाथ, रायल र बाँजका उच्च पहाडी गाउँबस्तीमा खाद्यान्न अभाव हुने भएकाले लकडाउनले कामकाज गर्न नपाएर यी गाउँबस्तीमा खाद्यान्न समस्या हुनसक्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा विपन्न गरिब परिवारलाई खाद्यान्न वितरण गरेको सो गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरिएको हो । नौ वडा रहेको सो गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य रहेको अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारले लकडाउनको बेला दैनिक ज्यालादारीमा काम गरी खाने र अति विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि गाउँपालिकालाई २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उनले प्रदेश सरकारबाट आएको थप तीन लाखसहित पालिकाको पाँच लाख रूपैयाँ गरी जम्मा ३३ लाख रूपैयाँ बराबर खर्चको जोहो गरेको बताए ।

गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ भने अहिले पुनः खाद्यान्न सकिएका घरपरिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको छ । गाउँपालिकाले आफ्नै कार्यालयको सभाहलमा ३०० क्विन्टल चामल, ६० क्विन्टल दाल, ११५ क्विन्टल नुनसहित ३३६ कार्टुन खाने तेल खाद्यान्न भण्डारण गरेर राखेको छ ।

अध्यक्ष भण्डारीका अनुसार सो पालिकामा सामान्यतया खाद्यान्न अभाव हुने गरेको थियो । लकडाउनको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै रहनु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न मौज्दात गरेको उनले बताए ।

गाउँपालिकाभित्रका टोल बस्तीमा पनि बिहान–बेलुका दुई–दुई घण्टा खाद्यान्न पसल खुलाउने व्यवस्था गरेको छ । केदारस्युँ गाउँपालिकामा बागथला र गर्जेपानी गरी दुईवटा क्वारेन्टाइन स्थलमा २३ जना रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : १० बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित