भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता पक्राउ « Khabarhub

भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता पक्राउ


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा विद्यार्थीहरुले भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन्।

शनिबार विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन्।

त्यस क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ।

पक्राउ परेका अनेरास्ववियूका नेताले प्रहरीको भेनबाट नेपाली भूमि फिर्ता गर, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् भारतको धार्चुलाबाट लिपुलेक तथा पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको उद्घाटन गरेका हुन्। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : ४५ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार